२९ भदौ,

नेपालगन्ज भन्सारमा भन्सार चुहावट गर्दा राजस्व अधिकृतको जागिर धरापमा परेको छ । युपी ४० टि ४२५९’ नम्बरको गाडी राजस्व चुहावट अनुसन्धान कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ ।

राजस्व चुहावट नियन्त्रण अनुसन्धान कार्यालय कोहलपुरका प्रमुख सरोज पोख्रेलले ’यो घटनाको अनुसन्धान भइरहेको जानकारी दिए । उनले भने,’राजस्व चुवाहटको सूचनाको आधारमा युपी ४० टि ४२५९ नम्बरको मालबाहक ट्रक विभागको नियन्त्रणमा लिएका छौं । अनुसन्धान भइरहेको छ केही कुरा खुलिसकेको छ भने अझै केही अनुसन्धान हुन बाकि छ’।

यो मालबाहक ट्रकको जाँचपासको लागि प्रज्ञापनपत्र घोषणा तयार पार्ने राजस्व अधिकृत हुन् तोपबहादुर भुसाल र जाँचकी रेवती गिरी । उनै अधिकृत भुसाल र जाँचकी गिरीको संग्लनतामा भारतीय व्यापारीको यो गाडी पास भएको थियो । नक्कली वा फर्जि प्रज्ञापनपत्र घोषणा बनाएर अधिकृत भुसाल र जाँचकी गिरीले राजस्व चुवाहट गरेको सूचना र उजुरी पटक पटक गरिएपछि यो गाडीलाई नियन्त्रणमा लिइएको थियो । अर्थात बिशेष स्रोतको अनुसार ७ हजार पर्न सामान को मूल्य जम्मा १०० रुपैया कायम समेत रहेको बताएको छ ।

अर्थतन्त्रको एउटा महत्वपूर्ण क्षेत्र भन्सारमा राजस्व यसरी चुवाहट हुँदा देशको अर्थतन्त्रमा नै असर परिरहेको विज्ञहरुको भनाई छ । खासगरी भन्सारमा कर्मचारी, ऐजेन्ट र व्यापारीको सेटिङ्गमा यसरी चुवाहट भइरहेको बताइन्छ ।

नेपालगञ्ज भन्सारमा कार्यरत भुसाल र जाँचकी गिरी करोडौं राजस्व चुवाहटमा संग्लन भएको अधिकारीहरुको दाबी छ । जाँचकी गिरीले भने आफूहरुले कुनै अनियमितता नगरेको दाबी गरे । उनले भने, ‘हामीले प्रज्ञापनपत्र घोषणा तयार पारेको गाडीलाई नियन्त्रणमा लिएको सत्य हो । हामीले कानुन अनुसार नै गरेका छौं । अनुसन्धानमा देखिएला नी ।’

यद्यपि राजस्व चुहावट नियन्त्रण अनुसन्धान कार्यालय कोहलपुरमा सरोज पोख्रेलले कार्यभार सम्हाले पछि निकै सक्रियता पाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख