
२९ भदौ,
बाँके : राप्रपा कोहलपुर नगर अधिवेशनमा युवाहरुको हावी भएको पाइएको छ ।
हिजो २८ गते सम्पन्न भएको राप्रपा पार्टीकोे नगर अधिवेशन बाट राष्ट्रिय प्रजातन्त्र पार्टी कोहलपुर नगर समितिको अध्यक्षमा अर्जुन जङ्ग शाह निर्वाचित भएका हुन ।
सोमबारभएको अधिवेशनमा दुई जना आकांक्षीहरु सरिता शाही र अजुर्न जंग शाह प्रतिस्पर्धामा उत्रीएका थिए । भने शाहले १ सय ३१ मत प्राप्त गर्दै नगर अध्यक्षमा निर्वाचित भए । अर्को अकांक्षी सरिता शाहीले भने जम्मा ८३ मत प्राप्त गरेकी थिइन ।
निर्वाचन समिति संयोजक रुद्रमणी न्यौपानेका अनुसार २४० मत मध्य २१४ मत मात्र खासेको थियो । उत्त कार्यक्रममा राप्रपा पार्टीको केन्द्रिय सदस्य हिकमत ढकाल, ऋषि राज देवकोटा, मिडिया नेपालका केन्द्रिय उपध्यक्ष श्रीधर सुवेदी आदि नेता कार्यकर्ताको उपस्थिति रहेको निर्वाचन समितिले बताएको छ ।
उक्त नयाँ निर्वाचित समितिलाई नेपालगंज उपमहानगरपालिका का मेयर एवम राप्रपा पार्टीका केन्द्रिय नेता डा. धवल शम्शेर राणाले शुभकामना समेत दिएका थिए ।