२९ भदौ,

बाँके । बाँकेको नेपालगंजमा अवैध भन्सार छलि ल्याएको वेवारिसे सामान प्रहरीले फेला पारेको  छ ।

प्रहरीका अनुसार, बाँके जिल्लाको प्रहरी कार्यालयबाट खटिएको टोलीले नेपलागंज उपमहानगरपालिका वडा नं. १० स्थित जमुनाह भन्सार छलि ल्याएको खसी, लत्ता कपडा(कुर्ता सुरुवाल), सुपारी, चिनी, गाडी मोटरको पार्ट पुर्जा,सिसाको गिलास लगायतका विभिन्न सामान अन्दाजि मुल्य २,४६,४४०।– (दुई लाख छयालिस हजार चार सय चालिस) रुपैया बराबरको सामान वेवारिसे अवस्थामा फेला पारी बरामद गरेको प्रहरीले जनाएको छ ।

थप आवश्यक कारवाहीको लागी भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाईएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख