
२८ भदौ,
गएको पछिल्लो २४ घण्टामा देशभरीबाट थप १४८६ जना नयांँ कोरोना संक्रमित थपिएका छन भने १६ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार, देशभरीबाट १६ हजार ५ सय ३९ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ४ सय ८६ जना संक्रमित थपिएको बताए ।
यो त्रम संगै देशभरीमा २६ हजार ६ सय ३० जना सक्रिय कोरोना संक्रमित रहेका छन ।