
२८ भदौ,
बाँके । बाँकेको नेपालगंज स्थित जमुनाह नाकाबाट अवैध व्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा, दाङ जिल्लाको लमही नगरपालिका वडा नं. ५ को २५ बर्षिय तिमशी रानामगर र सोही जिल्लाको गढवा गाउँपालिका वडा नं. ६ को २५ वर्षिय करण मल्ल रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, छिमेकी राष्ट्र भारतको रुपैडिहाबाट लागुऔषध खरिद गरी लुकाईछिपाई गरेर नेपाल आउने क्रममा जमुनाह नाकामा खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरुको साथबाट प्रतिबन्धित ब्राउन सुगरसहित फेला पारी संलग्न २ जनालाई पक्राउ गरी जमुनाह इलाका प्रहरी कार्यालयमा राखिएको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेको उनीहरु माथि थप कारबाही र अनुसन्धनको लागि जिल्ला प्रहरी कार्यालयमा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।