
२८ भदौ,
पर्वत । पर्वत जिल्लाको पैयुँ गाँउपालिकामा ३८ वर्षिय महिला लाई बलात्कार गरेको अरोपमा १७ बर्षिय किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।
गत महिनाको वैशाख १५ गते सांझको समयमा खेतमा काम गरिरहेको बेला एक्लै भएको मौका छोपी महिलालाई बलात्कार गरेको भनी पवर्त प्रहरी कार्यालयमा बलात्कृत भएकी महिलाले उजुरी दिइएको जहेरीमा उल्लेख भए अनुसार उक्त कार्यालयबाट खटिएको प्रहरी टोलीले किशोरलाई शनिबार पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
किशोरलाई पक्राउ गरी किशोर र घटना सम्बन्धि थप अनुसन्धन भइरहेको प्रहरीले जनाएको छ ।