२८ भदौ,

झापा । झापाको भद्रपुर नगरपालिकामा अवैध लागुऔषध ब्राउनसुगरसहित १ युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा, झापाको भद्रपुर नगरपालिका वडा नं. ८ को २२ वर्षीय सुमन तामाङ रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार, जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले तामाङको साथबाट १५ ग्राम ७०० मिलिग्राम ब्राउन सुगर फेलापारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तामाङ माथि थप आवश्यक कारबाही र अनुसन्धन भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख