
२७ भदौ,
कञ्चनपुर । कञ्चनपुरमा आयोजित तीज कार्यक्रममा सामूहिक ग्याङ फाइट हुदा ७ जना घाइते भएका छन भने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
घाइते हुनेहरु मध्यमा सिकिस्ता घाइते भएका कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं.१ को २८ वर्षीय चन्द्रबहादुर धामी, ३५ वर्षीय नरेन्द्र भण्डारी, ३८ वर्षीय नारायण दमाई र ६५ वर्षीय गोविन्द दमाई सिकिस्त रहेको प्रहरीले जनाएको छ ।
समुहिक ग्याङ फाइटमा कुटपिट गरेको आरोपमा कृष्णपुर नगरपालिका वडा नं.१ को विजय भण्डारी र वडा नं. २ को प्रेम महरालाई पक्राउ गरिएको र संलग्न केही फरर रहेको प्रहरीले जानकारी दिएको छ ।
घटना सम्बन्धि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।