
२७ भदौ,
काठमाण्डौं । काठमाण्डौंको मातृका आँखा अस्पतालका डा. लाई फोन गरी अस्पताल र घरमा बम राखि ध्वस्त परिदिने धम्की दिदै ३ करोड माग्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा, धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं.५ को २५ बर्षिय आशिष कुँवर, सोही ठाउँका २० वर्षिय अभिषेक कुँवर र रोल्पा जिल्लाको साविक कुरेली वडा नं. १ खोलावाङमा बस्ने ४० वर्षिय अम्मर बहादुर रोक्का मगर रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, काठमाडौं जिल्लाको महानगरपालिका वडा नं. ९ पुरानो बानेश्वर स्थित मातृका आँखा अस्पतालका डा. लाई आशिष कुँवरले वारम्वार फोन गरी “अस्पताल र घर समेतमा बम राखी पड्काई अस्पताल र घर परिवार समेतलाई ध्वस्त पारी दिन्छौं” भनि धम्काउने र अस्पताल र घर परिवार सुरक्षित राख्ने भए रु.३ करोड तयार गरी नागढूङ्गामा लिई आउन भनेपछि अस्पतालका डा.ले महानगरीय प्रहरी परिसरमा उजुरी दिए लागत्तै प्रहरी परिसरबाट खटिएको टोलीले संलग्न रहेका ३ जनालाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेका माथि अपराधिक लाभ (एक्सटर्सन) मुद्धामा म्याद थप गरि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।