
२७ भदौ,
बाँके । बाँकेको कोहलपुर नगरपालिकाद्धारा कबाडी मालसामान जडीबुटि तथा अन्य मृत वा मारिएका जीवजन्तुहरुको हाड, सिंग प्वाँख, छाला बिक्रि वितरण तथा उपयोग्य लाग्ने कर संकालनको विषयमा श्री अनुदिप विल्डर्स एण्ड इन्भेष्टमेन्ट प्रा.लि संग सम्झौता भए बमोजिम भन्दा फरक किसिमको मालसामानहरुमा नियम विपरित कर उठाएको भन्दै छानबिन गर्न माग गरिएको छ ।
कोहलपुर नगरपालिकाले खोलेको कबाड को बोलपत्रको ठेक्का श्री अनुदिप विल्डर्स एण्ड इन्भेष्टमेन्ट प्रा.लि लाई ठेक्का सदर भई सम्झौता भएर कबाड कर उठाउने कार्य सुरु भईसकेको तर कार्यालय र फर्मबीच सम्झौता भएबोजिम भन्दा फरक किसिमको सम्झौता मा नभएका सामानहरु (आइटम) को कर संकलन भएकोले तुरुन्त त्यस विषयमा छानविन गरिपाँउ भनि मन बहादुर वलीले नगरपालिकामा निवेदन पेश गरेका छन ।
उक्त्त ठेक्काको जिम्मा पाएको अनुदिप विल्डार्सले सरकारी नियम र ठेक्का सम्झौता विपरित कर सकंलन गरेको प्रमाण समेत बाँके अपडेट लार्ई प्राप्त भएको छ ।
कोहलपुर नगरपालिकाले निकालेको कबाड सम्बन्धि ठेक्काको बोलपत्रमा “कबाडी मालसामान जडीबुटि तथा अन्य मृत वा मारिएका जीवजन्तुहरुको हाड, सिंग प्वाँख, छाला बिक्रि वितरण तथा उप्योग्यमा लाग्ने कर संकालन गर्ने भनी उल्लेख गरिएता पनि कृषि जन्य पदार्थहरु जस्तै गाई, भैसी, दाल, चामल, भुस आदि जस्ता वस्तुहरुबाट नियम विपरित कर सकंलन गरेको पाइएको छ ।
तर ठेक्कामा चौपया र कृषिको विषयमा कुनै पनि कुरा उल्लेख नगरिएको र पछि नगरपालिकासंग को योजना शाखाको सेटिंगमा चौपया र कृषिजन्य बस्तु बाट पनि कर संकलन गर्ने भनि सम्झौता गरिएको विशेष स्रोतले बताएको छ ।
यस विषयमा बाँके अपडेटले कोहलपुर नगरपालिकाका योजना अधिकृत अग्नी आचार्य संग बुझ्दा उनी भन्छन“ मैले आफैं निरिक्षण गर्दा सबै नियमअनुसार नै छ कुनै गलत तवरले कर उठाइएको छैन” ।
कृषिजन्य बस्तुमा भने सरकारले नै कर छुट गरेको छ । तर कोहलपुर नगरपालिकाले भने उक्त्त नियमलाइ लत्याउदै सम्झौता गरेको छ । भने नियम बिपरित कार्या गर्दै आएका ठेकेदारलाई समेत कानुनी दायरामा ल्याउन नसक्दा मिलेमतो को आसंका गरिएको छ ।
यसरी सरकारी नियम विपरित कर संकलन गर्ने प्रा लि संगको सम्झौता समेत खारेज गर्न सकिने प्राबधन रहेको छ । तर,नगरपालिका कै उच्च स्तरको कर्मचारीको सेटिंमै यसरी अवैध कर संकलन भइरहेको हुदा उक्त प्रली र सेटिङ मिलाउने अधिकारि माथी कार्बाही नहुने होकि भन्ने चिन्ता रहेको निबेदक ओलिले बताए । सम्बन्धित श्री अनुदिप विल्डर्स एण्ड इन्भेष्टमेन्ट प्रा.लि र नगरपालिका योजना अधिकृत, प्रशसकिय अधिकृत र अन्य सम्बन्धित कर्मचारीलाइ कानुनी दायरामा ल्याइ छानबिन हुन जरुरी छ ।