
२७ भदौ,
संखुवासभा । सङ्खुवासभाको मादी नगरपालिकामा भएको समुहिक एकै परिवर ६ जनाको हत्य गर्ने मुख्य आरोपीलाई पक्राउ गरी प्रहरीले सार्वजानिक गरेको छ ।
पक्राउ पर्नेमा, सङ्खुवासभाको मादी नगरपालिका वडा नं. १ को २६ वर्षीय लोकबहादुर कार्की रहेको प्रहरीले जनाएको छ ।
गत सोमबार संखुवासभा हत्याकाण्डमा तेजबहादुर कार्की, पार्वती कार्की, कमला कार्की, रञ्जना कार्की, दीपेन कार्की र गोमा कार्कीको हत्या भएको थियो ।
पक्राउ परेका आरोपी लोकबहादुर कार्कीमाथि अनुसन्धान गर्दा उनी परिवारकै आफन्त रहेको अनुसन्धानमा खुलेको छ । तेजबहादुर कार्कीले केही गर्न नसकेको भन्दै हेपेको कारणले आफु अवेगमा आएर हत्या गरेकोे र हत्या गर्नेत्रममा परिवारका सदस्यहरु देखेको हुनले प्रमाण मेटाउनलाई सबैको हत्या गरेको भनी प्रहरीले जानकारी दिएको छ ।