
२५ भदौ,
ओखलढुंगा । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकामा भाइले आफ्नै दाजुको हत्या गरेका छन ।
हत्या हुनेमा, ओखलढुंगाकोे खिजीदेम्बा गाउँपालिका वडा नं.५ ढाडखर्कमा बस्ने ६८ वर्षीय मित्रबहादुर तामाङको रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, दुृई दाजु भाई बीच अंशबन्डासम्बन्धी विवाद हुँदा भाई शेरबहादुर तामाङले खुकुरी र दापको प्रयोग गरी आफ्नै दाजु मित्रबहादुर तामाङको हत्या गरेका हुन् ।
हत्या गर्ने शेरबहादुर र त्यसैमा संलग्न भएका उनको छोरा वीरबहादुर तामाङलाई पक्राउ गरिसकेको प्रहरीले जानकारी दिएको छ ।
आरोपितलाई पक्राउ गरेर थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरीले जानकारी दिएको छ ।