
२५ भदौ,
बर्दिया । बर्दियाको आशापुरमा वेवारिसे अवस्थामा छोडिएको सालको काठ प्रहरीले फेला पारी बरामद गरेको छ ।
प्रहरीका अनुसार, बर्दियाको सुरजपुर प्रहरी चौकीबाट खटिएको प्रहरी टोलिले गस्ती गर्ने क्रममा गुलरिया नगरपालिका वडा नं. ८ आशापुर स्थित वेवारिसे अवस्थामा थुपारी राखेका अन्दाजी मुल्य रू. १,८२,०६१ बराबरका ४५.५२ क्यू. फिट साल जातको काठ फेला पारी बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।
बरामद गरेको काठलाई थप आबश्यक कारबाहीको लागी डिभिजन वन कार्यालय गुलरिया बर्दियामा पठाईएको प्रहरीले जनाएको छ ।