२३ भदौ,

राष्ट्रिय जनगणना २०७८ कात्तिक २५ गते देखि मङ्सिर ९ गते सम्म हुने मिति तय भएको छ ।

प्रत्येक १० बर्षमा हुने जनगणना यस बर्ष कोभिड–१९को कारणले स्थगित भएको थियो ।

कोभिड–१९ महामारीका कारण नेपाल सरकार मन्त्रिपरिषद्को गत वैशाख १९ गतेको निर्णयअनुसार स्थगन भएको राष्ट्रिय जनगणना कोभिड–१९को सङ्क्रमण दर निरन्तर कम भइरहेको र पहिलेको भन्दा वातावरण अनुकुल देखिएको हुनले सरकारले पुन सञ्चालन गर्ने निर्णय गरेको हो।

राष्ट्रिय जनगणना सुरु भएको १५ दिन भित्रमा सक्काउने तयारीका साथसाथै यस कार्यक्रममा ३९ हजार गणक तथा ८ हजार सुपरिवेक्षक परिचालन गर्ने भएको छ ।

जनगणनामा परिचालन गरिने गणक र सुपरिवेक्षकहरुलाई प्रशिक्षण दिनको लागि एक हजार ७११ जना प्रशिक्षक तयार गरिएको जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख