
२३ भदौ,
धनुषा । धनषामा कार्यरत एक नायब सुब्बालाई घुस लिएको अरोपमा बर्दिबास अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा, जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ मा कार्यरत नायब सुब्बा उमेशकुमार चौधरी रहेका छन ।
पक्राउ नायब सुब्बा चौधरीले विभिन्न बहानमा जनकपुरधाम उपमहानगरपालिकामा आउने सेवाग्राही संग ८५०० घुस लिएको भनी सेवाग्राहीहरुले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी दिए पछि त्यसैको आधारमा नायब सुब्बा चौधरीलाई पक्राउ गरेको अनुसन्धान आयोगले जनाएको छ ।
पक्राउ परेका चौधरी बारे थप अनुसन्धान भइरहेको आयोगले जानकारी दिएको छ ।