
२३ भदौ,
सुर्खेत । सुर्खेतमा एक १६ वर्षिय किशोरीलाई बलात्कार गरेको अरोपमा ९ जनालाई प्रहरी पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा, सुर्खेतको पञ्चपुरीका डम्बर वादी, गणेश वादी, युवराज शाही, शोभा शाही, बाबुराम पुरी, प्रेम बुढाथोकी, शेरबहादुर सार्की, ओम दर्लामी र प्रेमबहादुर शाहीलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार, पञ्चपुरी नगरपालिका सुर्खेतमा बस्दै आएकी किशोरीले आफूलाई पैसाको लोभ देखाई पटक–पटक विभिन्न व्यक्तिबाट फरक फरक ठाउँमा बलात्कार भएको भन्दै इलाका प्रहरी कार्यालय बाबियाचौरमा उजुरी दिए पछि संलग्न रहेकाहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यस घटनामा संलग्न रहेका केहीलाई पक्राउ गर्न बाँकी रहेको र पक्राउ परेकाहरु माथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।