२३ भदौ,

बर्दिया । बर्दियाको मधुवन नगरपालिकामा भन्सार छलि अवैधरुपमा छिमेकी राष्ट्र भारत तर्फ केराउ लैजाने क्रममा ट्याक्टरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा, बर्दिया जिल्लाको मधुबन नगरपालिका वडा नं.७ को २० वर्षिया राम कुमार चौधरी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, बर्दिया जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय सानोश्री बर्दियाबाट खटिएको संयुक्त प्रहरी टोलिले मधुबन नगरपालिका वडा नं. ५ गाउँ नं. ११ बडगाँउ स्थित भे.१ त.९६५५ नं.को ट्याक्टरमा लोड गरी चोरी निकासी गरी भारततर्फ लैजादै गरेको अन्दाजी मुल्य रू. २,७६,५००÷– बराबरको ३९ क्विन्टल ३० किलोग्राम र सोही उद्देश्यले सोही स्थान नजिकै थुपारी राखेका अन्दाजी मुल्य रू. १,५४,०००÷– बराबरको २२ क्विन्टल केराउ फेला पारी संलग्न ट्याक्टर चालक चौधरीलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

ट्याक्टरसहित पक्राउ परेका चौधरीलाई नियन्त्रणमा लिई आबश्यक कारबाहीको लागी राजापुर भन्सार कार्यालय गुलरिया बर्दियामा पठाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख