
‘गाँजामाथिको प्रतिबन्ध खुला हुनुपर्छ’ भन्ने अभियान चलाउदै आएका राजिव काफ्ले पक्राउ परेका छन् । उनलाई लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले बुढानिलकण्ठबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनको साथबाट केही गाँजा समेत बरामद गरिएको स्रोतल जनाएको छ ।
काफ्लेले केहीसमययता गाँजामाथिको प्रतिबन्ध फुकुवा गरिनुपर्ने र गाँजालाई वैधानिक रुपमा उत्पादन गरिनुपर्ने अभियान चलाउँदै आएका थिए।
पक्राउ परेका काफ्लेलाई अदालतबाट अनुमति लिएर अनुसन्धान अघि बढाइएको ब्यूरो स्रोतले जनाएको छ।