
२२ भदौ,
काठमाडौं। काठमाण्डौको चन्द्रागिरी नगरपालिकामा राजस्व छलि ल्याएको विभिन्न किसिमका कपडासहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा, नुवाकोट जिल्लाको डुप्चेश्वर गाउँपालिका वडा न.४ को ३६ वर्षिय दावा तामाङ, मनाङ जिल्लाको निसान गाउँपालिका वडा नं. ४ को ४० वर्षिय सुनिता गुरुङ, सुनसरी जिल्लाको बाजोगरा नगरपालिका वडा नं.७ को ४७ वर्षिय मनिका सुब्बा, सुनसरी जिल्लाको बाजोगरा नगरपालिका वडा नं. ७ को ४३ वर्षिय चन्द्रा बामिन राई र मोरङ जिल्लाको उर्लाबारी नगरपालिका वडा नं. ८ को ४१ वर्षिय सागर धिमाल रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार, काठमाण्डौ चन्द्रागिरी नगरपालिका वडा नं.२ स्थित नागढुङ्गा चेक प्वाईन्टमा कृष्णनगर बाट काठमाण्डौ तर्फ आउदै गरेको बा ५ ख १२३६ नं. को यात्रु बाहक बसलाई चेक जाचँ गर्ने क्रममा उक्त बसमा बिल भरपाई नभएका अन्दाजी मुल्य रु २०३२२०।– (दुई लाख तिन हजार दुई सय बिस रुपैयाँ) पर्ने महिला तथा परुष लगाउने निम्न कपडाहरु लुकाई छिपाई ल्याएको हुँदा संलग्न रहेका व्यक्तिहरुलाइ पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुलाइ थप अनुसन्धान तथा कारवाहीको लागी त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल भन्सार कार्यालय पठाईएको प्रहरीले जनाएको छ ।