
२२ भदौ,
बाँके । बाँकेको कोहलपुर क्षेत्रभित्रमा त्रिपाल टाँगी बस्दै आएका बञ्जारा जातीका बालबालिकाहरुलाई चोरी गर्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक होम प्रकाश चौधरीका अनुसार, कोहलपुर बसपार्क, आर्थिक कारोबार हुने बैकिङ एरिया, सुनचाँदीका पसलहरु तथा मानिसहरुको बढी भिडभाड हुने स्थानहरुमा १०÷१२ बर्षको बालबालिकाहरु चोरी गर्ने गरेको विशेष सुचनाको आधारमा कोहलपुर इलाका प्रहरी कार्यालय बाट खटिएको प्रहरी टोलीले चार जनाको संख्यामा रहेको बञ्जारा जातिको बालबालिका लाई चोरी गर्दै गरेको अवस्थामा १ थान सुनको तिलहरी सहित फेला पारी संलग्न रहेकाहरुलाइ पक्राउ गरेको प्रहरी निरिक्षक चौधरीले बताए ।
उक्त चोरीमा संलग्न रहेकाहरुको बस्ने ठाँउमा पुगेर खोजतलासी गर्दा चोरी गरी राखेको नगद १,३२,०००।–(एक लाख बत्तिस हजार) फेला परेको प्रहरीले जनाएको छ ।