२२ भदौ,

वीरगंज । वीरगञ्ज महानगरपालिकामा भन्सार छली चोरी पैठारी गरी अवैधरूपमा ल्याएको दुई ट्रकसहित विभिन्न सामानहरू प्रहरीले बरामद गरेको छ ।

प्रहरीका अनुसार विशेष सुचनाको आधारमा पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नं.१४ स्थित गण्डक सडकखण्डको बाटो हुँदै मालवाहक ट्रकहरूमा पुरानो मितिको अनुमाति पत्रमा उल्लेखित मालबस्तुहरूको सट्टा भन्सार छली चोरी पैठारी गरी चितवन तर्फ लग्दै भन्न खबर पाउन साथ पर्सा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीटोलीले ट्रकहरुलाई रोकी चेक जाँच गर्दा ट्रक चालकहरु गाडी छोडी फरर भएको प्रहरीले जानकारी दिएको छ ।

उक्त ट्रकहरु बरामद गरी प्रज्ञापनपत्र हेर्दा ना.३ ख ५१६५ नम्बरको ट्रकमा लोड रहेको सामानहरूको २०७७।१०।२२ गते लगायतका मितिको प्रज्ञापन पत्रहरू रहेको र ना ३ ख ५५२५ नम्बरको ट्रकमा लोड रहेको सामानहरूको २०७८।०४।२१ गते लगायतका मितिको प्रज्ञापन पत्रहरू रहेको तर विल विजकहरुमा हाल सालैको मितिहरु उल्लेख भएको सामानहरुको मुल्य अन्दाजी .रु.८०,००,०००।– (असी लाख) सामानहरु रहेको प्रहरीले जनाएको छ ।

बरामद गरेको ट्रक र सामानसहित राजश्व अनुसन्धान पथलैया, बारामा बुझाइएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख