
२२ भदौ,
बाँके । बाँकेको नेपालगंज स्थित भेरी अस्पतालमा उपचारत कोरोना संक्रमित दुईजनाको मृत्यु भएको छ ।
मृत्युहुनेमा, सल्यानको दर्मा गाउँपालिका वडा नम्बर ६ की ३० वर्षीया महिला र दाङको शान्तिनगर गाउँपालिका वडा नम्बर १ की ५८ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको भेरी अस्पतालले जनाएको छ ।
यसैक्रममा बाँकेको भेरी अस्पतालमा जिल्ला बाहिरबाट उपचारका लागि बाँकेका अस्पतालमा आएका ४०३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ भने बाँकेका मात्रै ३२९ जनाको हालसम्म मृत्यु भइसकेको छ ।