
२२ भदौ,
बर्दिया । बर्दियाको गुलरियामा अबैध रुपमा भन्सार छली ल्याएको वेवारिसे अवस्थामा प्रहरीले कपडा फेला पारी बरामद गरेको छ ।
प्रहरीका अनुसार, महम्मदपुर प्रहरी चौकीबाट खटिएको प्रहरी टोलिले गुलरिया नगरपालिका वडा नं.११ स्थित भारत बाट अबैध रुपमा भन्सार छली गरी ल्याई वेवारीसे अवस्थामा छोडिएका अन्दाजी मुल्य रू. १५,०००÷– बराबरका लेडिज कपडा फेला पारी बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।
थप आबश्यक कारबाहीको लागी राजापुर भन्सार कार्यालय गुलरिया बर्दियामा पठाईएको प्रहरीले जनाएको छ ।