२२ भदौ,

झापा । झापाको कचनकवलमा विपरित दिशाबाट आइरहेको मोटरसाइकलमा अर्को मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । भने २ जना घाइते भएका छन ।

मृत्युहुनेमा, कचनकवल गाउँपालिका वडा नं. ६ को ३८ वर्षीय सोम दहाल रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार, बनियानी बालुवाडी भित्र सडक खण्ड अन्तरगत कचनकवल वडा नं .६ स्थित होसना बोडिङ स्कुल अगाडी तीव्र गतिमा पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको मे१०प५३८९ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट जाँदै गरेको मे८प२१३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा पारी मोटरसाइकल चालक दाहाल बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

करण राजवंशी र त्यही मोटरसाइकलमा सवार भएका जयमति राजवंशी घाइते भएका सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख