८ असार,

कैलाली । कैलालीको गौरीगंगा नगरपालिका–७ स्थित कैलाशपुरमा शुक्रबार बिहान मृत अवस्थामा फेला परेकी १९ वर्षीया सुत्केरी महिलाको हत्याको रहस्य खुलेको छ । प्रहरीले अनुसन्धानको निष्कर्ष सार्वजनिक गर्दै हत्या उनकै देवरले गरेको पुष्टि गरेको छ ।

मृतक तुलसी नाथका देवर नवीन नाथलाई प्रहरीले पक्राउ गरिसकेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डीएसपी रणबहादुर चन्दका अनुसार, नवीनले सुनका गहनाका लागि भाउजूको हत्या गरेको बयान दिएका छन् । भाउजू सुतिरहेको बेला सिरानीले मुख थिचेर हत्या गरेका नवीनले कानको सुन झिकेर घरनजिकै ढुङ्गामुनि लुकाएका थिए ।

प्रहरीले नवीनको बयानका आधारमा गहना बरामद गरेको छ ।

शुक्रबार बिहान तुलसीको शव घरनजिकैको नालामा फेला परेको थियो । उनको शरीरमा बाह्य चोटपटक नदेखिएकाले सुरुमा मृत्युको कारण खुल्न सकेको थिएन । तर, कानका गहना हराएको देखेपछि प्रहरीले हत्या भएको आशङ्कामा अनुसन्धान अघि बढाएको थियो ।

मृतकको १६ दिनको नवजात शिशु भने सकुशल फेला परेको प्रहरीको भनाइ छ । घटना हुँदा घरमा अन्य सदस्य नभएको बताइएको छ । सासु-ससुरा पहाड गएका थिए भने श्रीमान् रोजगारीका सिलसिलामा भारतमा थिए।

प्रतिक्रिया

सम्बन्धित ख