२१ भदौ,

महोत्तरी । महोत्तरीमा विभिन्न प्रकार अवैध लागुऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा, गोर्खाको बुढीगण्डकी गाउँपालिका वडा नं.२ को २३ वर्षीय अजय परियार र नुवाकोटको विदुर नगरपालिका वडा नं. ७ को ३० वर्षीय संजय भट्ट रहेको प्रहरीले जानकारी दएको छ ।

प्रहरीका अनुसार, सशस्त्र प्रहरीले सम्सी गाउँपालिका वडा नंं. ७ चाँदनी चोकमा चेकजाँच गर्ने क्रममा प्रदेश नं. ०२–०२२ प ३४७२ नम्बरको मोटरसाइकल चेक गर्दा दुई जना सवार रहेका उनीहरुको साथबाट विभिन्न प्रकारको नाइट्राभेट ट्यावलेट २३७० थान, प्रामेफाजिन हाइड्रोक्लोराइड इन्जेक्सन १२१ थान, ओफिन इन्जेक्सन ११८ थान, डाइजेल्याव इन्जेक्सन १७१ थान, डाइजेपाम इन्जेक्सन ४६ थान लागुऔषध फेला पारी संलाग्न दुई जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेको दुवै जनालाई थप कारबाहीको लागि स्थानिय प्रहरीलाई जिम्मा लगाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख