
२१ भदौ,
प्राज्ञिक विद्यार्थी परिषद् नेपालले बाढी पहिरो प्रभावित दोलखा जिल्लाका कालिन्चोक गाउँपालिका वडा न. ५ मा बाढी पहिरोबाट प्रभावित परेका ९५ परिवारलाई राहत सामाग्री वितरण गरेको छ ।
भाद्र २० गते आइतबारका दिन उक्त राहत सामग्री वितरण कार्यक्रममा प्राज्ञिक विद्यार्थी परिषद नेपालका राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल, प्राज्ञिक विद्यार्थी परिषद नेपाल महासचिव छितराज न्यौपाने, विद्यार्थी परिषद नेपाल बाग्मती प्रदेश सह सचिव प्रतीक्षा गिरी, हिन्दू स्वयंसेवक संघ नेपालका जिल्ला कार्यवाह शिव के सी, प्राज्ञिक विद्यार्थी परिषद नेपाल भीमेश्वर नगर सचिव लक्ष्मी श्रेष्ठ, दोलखा जिल्लाका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, ,स्थानीय जनप्रतिनिधि,स्थानीय वासी ,पत्रकार एवं सुरक्षा निकाएको उपस्थिति रहेको थियो ।
विद्यार्थी परिषद् भिमेश्वर नगर सचिव लक्ष्मी श्रेष्ठले सञ्चालन गरेको उक्त कार्यक्रममा विद्यार्थी परिषद्का संगठन सचिव नारायण प्रसाद ढकालले सामग्रीको विवरण प्रस्तुत गरेको थिए, जुन निम्न अनुसार छ ।
१. डेन्ट ३० थान
२.फ्यामिलि टेन्ट ६५ थान
३.स्लिपिङ म्याट ५९५ थान
४.प्लास्टिक सिड्स १५ थान आदि ७० लाख बराबरको सामग्री वितरण गरिएको जानकारी दिनुभयो
प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले विपदकावेला स्थानीय वासीको साथमा आफुहरूरहेको र यस्तो विपदलाई सबै मिलेर सामना गर्नुपर्ने बताउदै यो मानवीय कार्य गर्न प्राज्ञिक विद्यार्थी परिषद र भारत सरकारलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।
उक्त राहत सामग्री भारतीय जनता र सरकारले प्राज्ञिक विद्यार्थी परिषद नेपाललाई बाढी पहिरो प्रभावित परिवारलाई वितरण गर्नका लागि उपलब्ध गराएको दोलखा, गोरखा, धादिङ र रसुवा पछी अबको केही दिनमा सिन्धुपाल्चोक र मनाङ जिल्लामा वितरण गर्ने योजना समेत रहेको परिषदका राष्ट्रिय महासचिव छितराज न्यौपानेले जानकारी दिए ।