
३० जेठ,
बाँके । भूमे पर्वको अवसरमा लुम्बिनी प्रदेश सरकारले चार जिल्लालाई सार्वजनिक विदा दिएको छ ।
लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रबक्ता कृष्ण प्रसाद नेपालका अनुसार असार १ गते विदा दिने निर्णय भएको हो । उनले दाङ, रोल्पा, रुकुमपूर्व र प्यूठानका सम्बन्धित समुदायलाई विदा दिने निर्णय भएको हो ।
भूमे पर्व मगर समुदायले बिशेष पर्वका रुपमा मनाउने गर्छन् । विगत वर्षमा पनि प्रदेश सरकारले भूमे पर्वको अवसरमा विदा दिदै आएको थियो ।