२१ भदौ,

वीरगञ्ज । वीरगञ्जमा भन्सार छली ल्याएका विभिन्न किसिमका लत्ताकपडाहरू, कस्मेटिक सामानहरू आटोसहित प्रहरीले बरामद गरेको छ ।

प्रहरीका अनुसार, बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोलीले जिल्ला पर्सा बहुदरमाई नगरपालिका वडा नं. ६ बाट अवैध रूपमा भन्सार छली ना.२ ह ५२६३ नम्बरको आटोमा लोड गरी ल्याएको अन्दाजी मुल्य रू.७,००,०००।–( सात लाख ) बराबरको विभिन्न किसिमका लत्ताकपडा तथा कस्मेटिक सामानहरू फेला पारी बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।

बरामद गरेको सामानहरु थप आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख