२० भदौ,

बर्दिया । बर्दियाका बढैयाताल गाउँपालिकाबाट अन्दाजी एक लाख बराबरको सुर्तिजन्य पदार्थ फेला पारी प्रहरीले बरामद गरेको छ ।

प्रहरीका अनुसार, प्रहरी चौकी जमुनी बर्दियाबाट खटिएको गस्ती टोलिले गस्ती गर्दै जाने क्रममा जिल्ला बर्दिया बढैयाताल गाउँपालिका वडा नं.२ फुटाह नजिक भारत बाट अबैध रुपमा भन्सार छली गरी ल्याई वेवारीसे अवस्थामा थुपारी राखेका ८ क्विन्टल ८० किलोग्राम सुर्तिजन्य कच्चा पदार्थ (धुलो) अन्दाजी मुल्य रू. १,००,०००÷– बराबरको फेला पारी बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।

थप आबश्यक कारबाहीको लागी राजापुर भन्सार कार्यालय गुलरिया बर्दियामा पठाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख