
२० भदौ,
कञ्चनपुर । कञ्चनपुरमा बेवारिसे अवस्थामा रहेको एक भरुवा बन्दुक फेला पारी प्रहरीले बरामद गरको छ ।
प्रहरीका अनुसार, इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको टोलीले जिल्ला कञ्चनपुर कृष्णपुर नगरपालिका वडा नं. ४ किचाई स्थित चैनपुर शिबिर वडा एरियामा गस्ती गर्ने क्रममा नजिकै रहेको ग्वाँसी समैजी सामुदायिक वन जंगलमा १ थान भरुवा बन्दुक बेबारिसे अवस्थामा फेला पारी बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।
थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।