
२० भदौ,
बर्दिया । बर्दियाको गुलरियामा लागु औषध (ब्राउन सुगर) सहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा, बर्दिया जिल्लाको बाँसगदी नगरपालिका वडा नं. ९ को हरि बहादुर थापा रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, प्रहरी चौकी महम्मदपुर बर्दियाबाट खटिएको प्रहरी टोलिले जिल्ला बर्दिया गुलरिया नगरपालिका वडा नं.११ मा चेकजाँच गर्ने क्रममा बा६८ प ५५६७ नम्बरको मोटसाईकलमा सवार रहेका थापालाई रोकी चेकजाँच गर्दा थापाको साथबाट ३ ग्राम ८०० मिलिग्राम लागु औषध (ब्राउन सुगर) फेला पारी पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेको थापा माथि लागु औषध मुद्दामा आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरीले जानकारी दिएको छ ।