
२० भदौ,
बाँके । बाँके जिल्लाको कोहलपुरमा नेपाल प्रहरीको सिआइबि को इन्सपेक्टर हु भन्दै धम्क्याउने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा, सल्यान जिल्लाको दार्माकोट गाउँपालिका वडां.२ को ३२ वर्षिय दिपेन्द« रोकाय रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार, इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ बसपार्क एरिएमा रहेको होटल तथा पसलहरुमा आफुलाई नेपाल प्रहरीको सिआइबि को इन्सपेक्टर हु भन्दै डर, त्रस देखई् धम्क्याउदै सर्वसाधारणलाई अनावश्यक हैरानी दिई रहेको अवस्थामा रोकायलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेका रोकाय माथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।