
२० भदौ,
दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा, दाङ जिल्लाको लमही नगरपालिका वडा नं. ४ स्थित हसनपुरमा बस्ने ४६ वर्षिय शिव गिरी रहको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार, लमही वडा नं.५ रातोडाँडा भन्ने स्थानबाट हसनपुरतर्फ जाँदै गरेको रा७प७८५९ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भई चालक गिरी गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि लमही अस्पतालमा ल्याइएको थियो ।
घाईते गिरीको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।