
२० भदौ,
झापा । झापा जिल्लको विर्तामोड नगरपालिकमा एक आटो रिक्सा चालक मृत अवास्थामा फेला परेको छ ।
मृतक चालक, कचनकवल गाउँपालिका वडा नं. ३ को ५० वर्षिय भाद्रु राजवंशी रहेको प्रहरीले जानकारी दिएको छ ।
राजवंशी बिर्तामोड वडा नं.४ स्थित लिटल फ्लावर्सको पूर्व गेटअगाडिको कोठा भाडामा बस्दै आएका थिए । उनको शव त्यही कोठाभित्र मृत अवस्थामा फेला परको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, घतनास्थलमा पुग्दा मृतकको टाउको लगायत शरीरका विभिन्न भागमा चोटपटक लागेको र कोठाभित्र रगत छरपस्ट भएको, घटनाको प्रकृति हेर्दा हत्या नै भएको अनुमान गरेको प्रहरीले बताएको छ ।
राजवंशीको कान्छा काका घटना भए देखी फरार रहेकाले उनको खोजीका लागि प्रहरी परिचालन गरिसकेको प्रहरीले जानकारी दिएको छ ।