
२० भदौ,
सङ्खुवासभा । सङ्खुवासभाको चिचिला गाउँपालिकामा ट्रक दुर्घटना हुदा ट्रक चालकको मृत्यु भएको छ भने ट्रकमा सवार १० जना घाइते भएका छन ।
मृत्यु हुनेमा, धनकुटा महालक्ष्मी नगरपालिका वडा नं.६ स्थित लेगुवामा बस्ने २९ वर्षीय जनक पाण्डेको मृत्यु भएको हो । घाइते भएका १० जना मध्य ३ जना गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएकोे छ ।
प्रहरीका अनुसार, अरुण तेस्रो जलविधुत आयोजनाको ड्यामसाइट मकालु गाउँपालिका वडा नं. ५ फ्याक्सिन्दाबाट तरकारी पु¥याएर सदरमुकाम खाँदबारीतर्फ आउँदै गरेको प्रदेश१–०२–००१ख ८०८३ नं को मिनीट्रक अनियन्त्रित भई चिचिला वडा नं.१ पात्लेमा दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको र ट्रकमा सवार १० जना घाइते भएको प्रहरीले जनाएको छ।
घाइतेमा परेका मध्य ८ जना भारतीय नागरिक रहेको प्रहरीले जानकारी दिएको छ ।