१८ भदौ,

बर्दिया । बर्दियाको गणेशपुरमा भारतबाट अ‍ैवध रुपमा ल्याएको सामान वेवारिसे अवस्थाबाट प्रहरीले बरामद गरेको छ ।

प्रहरीका अनुसार, बर्दियाको प्रहरी चौकी गणेशपुरबाट खटिएको प्रहरी गस्ती टोलीले गुलरिया नगरपालिका वडा नं.११ गणेशपुर स्थित भारतबाट भन्सार छली ल्याई बेवारिसे अवस्थामा छोडिएका अन्दाजी मुल्य रू. २०,०००।– बराबरका कस्मेटिक तथा सैलुन सम्बन्धी सामानहरु फेला पारी बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।

बरामद गरेको सामानहरु थप आबश्यक कारबाहीको लागी राजापुर भन्सार कार्यालय गुलरिया बर्दियामा पठाईएको प्रहरीले जानकारी गराएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित ख