
१८ भदौ,
बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिकामा मोटरसाइकलले ठक्कर दिदा एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा, बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्वर १ को ७० वर्षीया सरिदेवी कुमाल रहको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार, आज करिब १२ बजेको समयमा कोहलपुरबाट भालुवाङ जाँदै गरेको ८ प ५२२१ नम्वरको मोटरसाइकलले बाटोमा हिडिरहेको कुमाललाई ठक्कर दिदा गम्भीर घाइते भएका थिए ।
घाइते भएकी कुमालको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको जनाएको छ ।