
१८ भदौ,
काठमाडौं । काठमाडांैमा अवैध रुपले यार्सागुम्बाको कारोबार गर्ने ४ जना गिरोहालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा, जिल्ला गोरखा स्थित चुमनब्री गाउँपालिका वडा नं. ३ को ४८ बर्षिय डुन्डुप गुरुङ, जिल्ला लमजुङको मर्स्याङदी गाउँपालिका वडा नं. ६ स्थित बाहुनडाँडामा बस्ने ५० बर्षिय बेल बहादुर थापा, सोही ठाउँको बेशिसहर नगरपालिक वडा नं. ११ स्थित चितिमा बस्ने ४० बर्षिय कृष्ण परियार र जिल्ला प्युठान खलङ्गा नगरपालिका वडा नं. ११ स्थित गजुरीमा बस्ने दान बहादुर जि.सी रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुुसार, अवैध रुपमा यार्सागुम्बाको कारोबार भईरहेको विशेष सूचनाका आधारमा महानगरीय अपराध महाशाखाको विशेष प्रहरी टोलीले काठमाडौं महानगरपालिका सामाखुशी स्थित घरमा बिक्री वितरण गर्ने उद्देश्यले लुकाई छिपाई राखेको अवस्थामा कोठा खानतलासी गर्दा १ के.जि. ८५० ग्राम यार्सागुम्बा सहित संलाग्न व्यक्तिहरुलाइ पक्राउ गरेको प्रहरीले जनाएको छ ।
थप आवश्यक कारबाहीको लागि वन डिभिजन कार्यालय काठमाण्डौ पठाईएको प्रहरीले जानकारी गराएको छ