२९ बैशाख,

बाँके । बाँकेको जानकी गाउँपालिका र खजुरा गाउँपालिका बीचको संयुक्त अन्तरपालिका बैठकले सिमाना जोडिएका दुई गाउँपालिकाका विभिन्न विषयमा छलफल गरी विभिन्न १० वटा निर्णय गरेको छ ।

आज जानकी गाउँपालिकाको कार्यालय मानपुरमा बसेको संयुक्त बैठकले अन्तरपालिका सिमा जोड्ने पुर्वाधार निर्माण गर्ने, संयुक्त गेट निर्माण गर्ने निर्णय गरेको प्रेस सल्लाहकार रबिन्द्र घिमिरेले बताए ।

यस्तै किरण खोलामा लिफ्ट सिंचाई सञ्चालन गर्ने, किरण खोलामा तटबन्धन निर्माण गर्ने, हाइटेन्सन लाइनको सहजीकरण गर्ने, फोहरमैला ब्यवस्थापन, वातावरणीय सन्तुलनको लागि सडक किनारमा वृक्षारोपण गर्ने, कृषि अनुसन्धान केन्द्रलाई व्यवस्थित गर्ने, अन्तरपालिकाको साझेदारीमा दमकल खरिद गर्ने, छाडा पशु चौपाया नियन्त्रण र व्यवस्थापन गर्ने निर्णय भएको घिमिरेले जानकारी दिए ।

जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँको अध्यक्षतामा बसेको संयुक्त बैठकमा खजुरा अध्यक्ष डम्बर वहादुर विक, जानकी उपाध्यक्ष रामप्यारी यादव, खजुरा उपाध्यक्ष मञ्जु मल्ल, जानकीका प्रमुख प्रशासकीय अधिकृत नर वहादुर विक, खजुराका प्रमुख प्रशासकीय अधिकृत बस वहादुर राना, दुबै पालिकाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, प्राविधिकतर्फ इन्जिनियरहरु एवम् कर्मचारीहरुको समेत उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित ख