२७ बैशाख,

बाँके ।  पहलगाम हमलापछि भारत र पाकिस्तानबीच युद्द चर्किदै जांदा नेपाल भारत सीमामा दुबै तर्फबाट निकै कडाइ गरिएको छ।

सम्भावित घुसपैठ हुन सक्ने भन्दै नेपालगन्जस्थित जमुनहा नाका र जिल्लाका सबै अन्य साना नाकाहरुमा सुरक्षामा कडाइ बढाउँदै नाकाबाट आवागमन गर्ने नेपाली तथा विदेशीहरूका लागि सशस्त्र प्रहरीले अनिवार्य परिचय–पत्र अनिवार्य लागू गरेको छ।

सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म  जयसपुरका डीएसपी महेश केसीले  सीमा  नाकामा सुरक्षा सतर्कता बढाउने निर्देशनबमोजिम सुरक्षा कडा पारिएको बताउँदै परिचय खुल्ने कागजात बोकेकालाई मात्रै नेपाल-भारत आउँजाउँ गर्न दिएको बताए ।  नेपाल बाहेकका नागरिकलाई विशेष सोधपुछ पछि परिचय खुल्ने कागजात हेरेर  इंट्री गर्दै गन्तव्यमा पठाउने गरेको डीएसपी केसीले भने। 

डीएसपी केसीका अनुसार अहिले नेपाल आउने तथा भारत जाने हरेकको परिचय खुल्ने कागजात हेरेर मात्र आउन दिइएको छ भने आवागमन गर्ने हरेकमाथि कडा निगरानी बढाइएको छ । गलत नियतले कसैको पनि नेपाल प्रवेश नहोस् भन्ने उद्देश्यका साथ मुख्य नाकामा परिचय पत्र हेर्न थालिएको जनाउँदै अन्य खुला नाकाहरूमा पनि गस्ती र सुरक्षा बढाइएको बढाइएको केसीले बताए।

यसअघि नै परिचय खुल्ने कागजात भएकालाई मात्र भारत प्रवेश गर्न र नेपाल आउन दिँदै आएको भारतीय सुरक्षा निकाय एसएसबीले अहिलेको अवस्थामा नाकामा विशेष तालिम प्राप्त सुरक्षाकर्मी र तालिम प्राप्त कुकुरबाट हरेकको चेक जाँच गराएर मात्र आवागमन गर्न दिएको छ । 

नेपाल भारत सीमा नाकामा नेपाल भारताका सुरक्षाकर्मीले संयुक्त गस्ती तथा एक्ला एक्लै गस्ती समेत सुरु गरेको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

भारत र पाकिस्तानको द्वन्द्व चर्किएपछि भारतबाट जमुनहा नाका भएर स्वदेश फर्किने नेपालीहरूको सङ्ख्या पनि दिनदिनै बढ्दै गएको देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख