
१८ भदौ,
ताप्लेजुङ । ताप्लेजुङको सानिमा हाइड्रोपावरमा काम गर्ने एक मजदुरको मृत्यु भएको छ ।
मृत्यु हुनेमा, ताप्लेजुङको फत्ताङलुङ गाउँपालिका वडा नं. १ को ४४ वर्षिय खगप्रसाद तामाङ रहका छन ।
सानिमा हाइड्रोपावरको भान्सामा बसिरहेको अवस्थामा अचानक एक्कासी माथिबाट ठुलो ढुङ्गा झरेर किचेर घटनास्थलमा नै तामाङको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।