
१७ भदौ,
बाँके । बाँकेको नरैनापुर गाउँपालिकाले मेडिकल अधिकृत र रेडियोग्राफर सेवा करारमा कर्मचारी माग गरेको छ ।
बुधबार १६ गते यो सुचना जारी गर्दै नरैनापुर गाउँपालिका वडा नं. २ मा रहेको प्रथामिक स्वास्थ्य केन्दमा मेडिकल अधिकृत आठौ तह तर्फ २ जना र रेडियोग्राफर पाचौ तह तर्फ १ जना १ वर्ष करार सेवामा कर्मचारी माग गरेको छ ।
मेडिकल अधिकृत तर्फ मान्यता प्राप्ता शिक्षण संस्थाबाट एम बि बि एस उर्तीण गरी नेपाल मेडिकल काउनसीलबाट लाइसेन्स प्राप्ता गरेको र रेडियोग्राफर तर्फ मान्यता प्राप्ता शिक्षण संस्थाबाट रेडियोग्राफर बिषयमा ३ बर्ष प्रमाण पत्र उर्तीण गरेको सम्पुर्णलाई सम्बन्धित कागजातसहित सुचना प्रकाशन भएको मिति देखी १५ दिन भित्रमा सम्बन्धित कार्यालयमा निवेदान दिनु हुन अनुरोध गरेको छ ।
थप विस्तृत जानकारीको लागि तल रहेको सुचनामा हेर्नुहोस्