
१५ बैशाख,
बाँके । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा आरोहणका लागि जान लागेका सशस्त्र प्रहरी सहायक निरीक्षक दन्त बहादुर छत्याललाई ‘सगरमाथा सम्वाद’को झण्डा हस्तान्तरण गर्नुभएको छ। सिंहदरबारमा बैशाख १४ गते भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले छत्याललाई सफल आरोहणको शुभकामना र विदाई दिनुभयो।
यसअघि, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले छत्याललाई सशस्त्र प्रहरी बल नेपालको झण्डा हस्तान्तरण गर्दै विदाई गर्नुभएको थियो।