
१४ बैशाख,
बाँके । काठमाडौंको तीनकुने घटनामा पक्राउ परेका २४ जनाविरूद्ध थप सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश ईश्वरी प्रसाद भण्डारीको इजलासले राज्य विरूद्धको कसुर र संगठित अपराध कसुरमा पक्राउ परेकालाई ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो।
दुर्गा प्रसाईंसहितले आन्दोलनलाई भड्काएर हिंसात्मक बनाएको भन्दै राज्यविरूद्धको कसुर र संगठित अपराधमा अनुसन्धान थालेको हो। यस कसुरमा २४ जना जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन्।