१७ भदौ,

तनहँु । तनहुँको म्याग्दे गाँपालिकामा बोलेरोले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा, लमजुङ जिल्लाको ३४ बर्षिय सुनिल सार्की रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अन्ुसार,दमौलीबाट थर्पु तर्फ जाँदै गरेको ग३च२४४३ नम्बरको बोलेरो विपरित दिशाबाट आइरहेको बा६५प ४६६० नम्बरको मोटरसाइकललाई तनहुँको म्याग्दे गाउँपालिका वडा नं.२ साठीमुरे भन्ने स्थानमा ठक्कर दिदा मोटरसाइकल चालक सार्की गम्भीर घाइते भएका थिए ।

दुर्घटनामा परि घाइते भएका सार्कीलाई उपचारको लागि गण्डकी मेडिकलमा सिफारिस गरिएको थियो । त्यही अस्पतालमा उपचारको क्रममा घाइते सार्कीको मृत्यु भएको हो ।

बोलेरो चालक म्याग्दे गाउँपालिका वडा नं.३ को २७ वर्षीय विनोद श्रेष्ठ लाई प्रहरीले नियन्त्रणमा लिईसकेको जानकारी दिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित ख