
१४ बैशाख,
बाँके । जबरजस्ती करणी मुद्दामा फरार एक जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा, बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ४ बनियाभार बस्ने बर्ष २६ को विर बहादुर वलि रहेका छन।
प्रहरीका अनुसार वलिलाई जबरजस्ति करणी मुद्दामा २०८० पुस १७ गते बाँके जिल्ला अदालतले १० बर्ष कैद सजाय तोकेको थियो । त्यसपश्चत उनी हालसम्म फरार रहेका थिए ।
फरार वलिलाई पक्राउ गरि थप कारवाहीका लागि जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ।