
१७ भदौ,
रौतहत । रौतहतमा १५ बर्षिया किशोरीमाथि सामुहिक बलात्कार गरेको अरोपमा एक युवालाई प्रहरी पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा, रौतहत जिल्लाको माधवनारायण नगरपालिका वडा नं. ३ को अन्दाजी २५ बर्षिय किशन सहनीलाई प्रहरी पक्राउ गरेको हो
प्रहरीका अनुसार, किशोरी घाँस काटन गएको बेला एकलै भएको मौका छोपी किशोरीलाई डर,त्रास देखाई समुहिक बलात्कार गरेको खुल्न आएको प्रहरीले जानकारी दिएको छ ।
साथै घटनामा संलाग्न हुने २ जना फरर रहेको र उनीहरुको खोजी कार्य तिव्र रुपमा भइरहेको प्रहरीले जनाएको छ ।