५ बैशाख,

बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका-८ कण्ठपुरबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय मिलिग्राम सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा मधुवन नगरपालिका-९ बस्ने २३ वर्षीय टेक बहादुर पुन र २३ वर्षीय अमित सुनार रहेका छन्। जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले भारतको बलईगाउँबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो। उक्त सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरीरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख