
३ बैशाख,
बाँके । बाँके नेपालगंज उ.म.न.पा. १५ जमुनाह हनुमान मन्दिर नजिकबाट प्रहरीले अबैध भन्सार छलिको सामान बरामद गरेको छ ।
भारतबाट नेपाल तर्फ ल्याएको करिव १,२२,५५०।– मुल्य बराबरको कुर्ता सुरवाल, चिनी, धोती, माउण्टेन ड्यू नामक पेय पदार्थ लगायतका सामानहरु लुकाई राखेको अबस्थामा फेला पारी प्रहरीले बरामद गरेको हो ।
बरामदका सामान सहित ढुवानीमा संलग्न ब्यक्तीलाई आबस्यक कारबाहीको लागि भन्सार कार्यालय नेपालगंज बाँके पठाईएको प्रहरीले जनाएको छ ।